काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १४ लाख ३४ हजार ५३ पिसिआर परीक्षण गरिएको छ ।

२४ घण्टामा ४ हजार ९६ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख २८ हजार ९ सय ५८ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ छ




Comments are closed.