काठमाडौं । काठमाडौंको मैतीदेवीमा खुल्न लागेको ‘नेचर सुपरमार्केट प्रा.लि.’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सुपरमार्केट खुल्न लागेको हो ।
कात्तिक २५ गते भित्र सुपरमार्केट सञ्चालनमा आइसक्ने प्रा.लि.का अध्यक्ष जनक धामीले आर्थिक आवाजलाई जानकारी दिए । ‘सुपरमार्केट सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ धामीले भने, ‘तिहार अगाडि नै हाम्रा उपभोक्ताहरुलाई सेवा प्रदान गर्नेछौं । गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउनेछौं ।’

सुरुमा मैतीदेवीबाट सेवा सुरु गरी स्थापनाको एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने धामीले जानकारी दिए । आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने प्रा.लि.को लक्ष्य छ । उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराइने धामीले जानकारी दिए । ‘काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य छ,’ उनले भने ।

उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताए । ‘सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पु¥याउनेछाौं,’ उनले भने । उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुने उनले जानकारी दिए । ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिनेछ,’ उनले भने, ‘मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गरिनेछ ।’
सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न प्रा.लि. प्रतिबद्ध रहेको प्रवन्धक सुभेक्षा धामीले बताइन् । ‘अब हामी उपभोक्ताको सेवामा छिट्टै आउँदैछौ.,’ उनले भनिन्, ‘नेचर सुपरमार्केटले आम उपभोक्ताको विश्वास जित्न सक्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’




Comments are closed.