काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १४ लाख ४३ हजार ३ सय ४३ पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३१ हजार २ सय २२ संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ छ ।




Comments are closed.