बाढी पीडितलाई २१ लाख रुपैयाँ सहयोग

 

लमजुङ । गत साउन ७ र ८ गते मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई २१ लाख एक हजार १७६ रुपैयाँ ३६ पैसा आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम शनिबार सहयोग गरिएको हो ।

क्लबले गत साउन ८ गतेदेखि शुरु गरी तीन महिनासम्म पल्लोटारीलगायतका बाढीपहिरा पीडितलाई आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो । संविधानसभाका तत्कालीन सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य जमीन्द्रमान घले, क्लबका अध्यक्ष कुमार भण्डारीलगायतले वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए। रकम हस्तान्तरण गर्दै नेता घलेले यहाँका बाढीपहिरा पीडितका लागि तीन वटै प्रदेश सरकार लागिपरिरहेका बेला नागरिकस्तरबाट समेत यसरी सहयोग आउँदा राज्यलाई थप सहज हुने बताए ।

footwear zone

बाढीपहिराले २१ घर पूर्ण ध्वस्त बनाएको थियो । त्यसबाट ३२ आधा जस्तै भत्किएको र २९ घर उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा सहारा लिएर बस्दै आएका छन् । त्यस्तै सो अभियान सञ्चालन गरी क्लबमार्फत सङ्कलित रकममध्ये अन्य वडा तथा पालिकाका बाढीपीडितलाई समेत आज नै प्रदान गरिएको छ । बाँकी रकम क्लबले प्राकृतिक प्रकोप कोष स्थापना गरी जम्मा गर्ने बताईएको छ ।

You might also like

Comments are closed.