४४० घरमा खरको छाना विस्थापन, जस्तापाता वितरण

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरेको छ ।

नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता लगाउने कार्य भइरहेकोे छ । लुम्बिनी प्रदेश र नगरपालिकाको एक करोड ९० लाख रुपैयाँको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए ।

नगरका अतिविपन्न, असहाय, एकल महिला र अपांगता भएका नागरिकका घरमा रहेका खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको छ । ‘प्रत्येक वर्ष खरको छानो हटाउने काम निरन्तर हुने छ, दुई वर्षभित्र नगरलाई पूर्ण खरको छानोरहित बनाउने योजना छ’, अधिकारीले भने ‘यस वर्ष पनि खरको छानो हटाउने काम भइरहन्छ ।’

footwear zone

नगरको दक्षिणी क्षेत्रका अधिकांश घरमा फुसको छानो रहेकाले आगलागीको जोखिम बढी रहेको उपप्रमुख शिवकुमारी थारुले बताईन् । वर्षेनी आगलागीका कारण धेरै जनधनको क्षति हुने गरेकाले खरको छानोमुक्त बनाउने योजना अघि सारिएको जनाइएको छ ।
शिवराज– ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडामा ४० घरधुरी छनोट गरेर जस्तापाता वितरण गर्ने काम भइरहेको बताए । ‘कतिपयले लगेर लगाइसक्नुभयो, कतिपय लगाउने तयारीमा हुनुहुन्छ” सापकोटाले भने ‘न्यून आय भएका विपन्न समुदायका नागरिकहरुलाई छनोट गरिएको छ ।’

You might also like

Comments are closed.