मुक्तिनाथका ग्राहकलाई व्यावसायिक संस्थाका सेवामा छुट नै छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले विभिन्न व्यावसायिक संस्थाहरुमा विशेष छुट पाउने भएका छन् । बैंकका आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले डिजिटल माध्यमबाट कारोबार गर्दा विभिन्न संस्थामा छुट पाउने भएका हुन् ।

ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिर्सोट धुलिखेलमा १० प्रतिशत, स्तुपा रिर्सोट नगरकोटमा १५ प्रतिशत, जम्बाला रिसोर्ट खोटाङमा १५ प्रतिशत, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनी काठमाडौंमा १५ प्रतिशत, देव कर्नर ज्वेलरी काठमाडौंमा ३० प्रतिशत छुट प्राप्त गर्ने बैंकका प्रमुख सूचना अधिकारी तील बहादुर गुरुङले जानकारी दिए ।

कोभिड १९ को जोखिमलाई ध्यान दिदै डिजिटल भुक्तानीलाई प्राथमिकता दिन बैंकले व्यावसायिक संस्थाहरुसँग सहकार्य गरी छुटको सुविधा उपलब्ध गराएको हो ।

footwear zone

‘कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ । बैंकका ग्राहकले भिजा नेटवर्ट अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

You might also like

Comments are closed.