१० लाख स्मार्ट लाइसेन्स छापियो, नविकरणका एक लाख लाइसेन्स मात्रै छाप्न बाँकी

 

काठमाडौं । दुई वर्षदेखि छाप्न बाँकी रहेका सबै स्मार्र्ट लाइसेन्स सरकारले छापेको छ । लकडाउन र निशेधाज्ञाको समयलाई सदुपयोग गरी यातायात व्यवस्था विभागले १० लाख स्मार्ट लाइसेन्स छापेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले आर्थिक आवाजलाई जानकारी दिए ।

ट्रायल कटाएकाहरुको नयाँ लाइसेन्स र नविकरणका लागि आवेदन दिएका लाइसेन्सहरु गरी १० लाख स्मार्ट लाइसेन्स छापेर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाइसकिएको उनले बताए । ‘सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स लिन सक्छन्,’ उनले भने । अधिकांश सेवाग्राहीको हातमा स्मार्ट लाइसेन्स परिसकेको भुसालले बताए ।

footwear zone

‘पछिल्लो समय ट्रायल बन्द रहेकाले नयाँ लाइसेन्स छाप्न बाँकी छैन,’ उनले भने, ‘लकडाउन खुलेपछि नविकरणका लागि निवेदन दिएका थोरै लाइसेन्स मात्रै छाप्न बाँकी छन् ।’ पछिल्ला २÷३ महिनाको अवधिमा नविकरणका लागि निवेदन दिएका करिब एक लाख लाइसेन्स मात्रै छाप्न बाँकी रहेको भुसालले जानकारी दिए । लामो समयसम्म लाइसेन्स प्राप्त नहुँदा विभागको आलोचना हुँदै आइरहेको थियो ।

You might also like

Comments are closed.