पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १६ अधिवेशनका लागि अध्यक्षमा पौडेलको मात्रै उम्मेदवारी परेको हो ।
बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका पौडेल यस अगाडि सचिव लगायत विभिन्न पदमा रहेर संघमा काम गरिसकेका छन् ।
त्यसैगरी संघको सचिव पदमा मीलन तिवारी पनि सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तिवारीको पनि एकल उम्मेदवारी परेको हो ।

अन्य पदमा मतदान हुँदै
संघको आगामी निर्वाचनका लागि अन्य पदमा भने निर्वाचन हुने भएको छ । कात्तिक १९ गते बुधबार मतदान हुने संघले जनाएको छ । प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र जीवनराज सापकोटाको उम्मेदवारी परेको छ ।
द्वितीय उपाध्यक्षमा उदय सुवेदी, कृष्ण आचार्य र दीवस लामिछानेबीच प्रतिस्पर्धा हुँदैछ । सहसचिवमा रेशम अधिकारी र विश्वहाङ राई र कोषाध्यक्षमा किसम कुमारी गुरुङ र ढाकाराम अधिकारी प्रतिस्पर्धा हुने जनाइएको छ ।
६ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ । सदस्यमा अमृत प्रसाद तिवारी, लक्ष्मी कोइराला, गोपाल सङग्रौला, विकास गुरुङ, मोहन सुवेदी, कालिबहादुर नेम्माङ, जुना अधिकारी, नवराज श्रेष्ठ, अनिल थापा, चन्द्रबहादुर भुजेल, दीपक सापकोटाबीच प्रतिस्पर्धा हुनेछ ।




Comments are closed.