काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
मंसिरमा हुने महासंघको आसन्न निर्वाचनका लागि उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका हुन् । नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ नाडाका पूर्व अध्यक्ष हुन् ।
महासंघको बर्तमान कार्यसमितिमा कार्यकारणी सदस्य तथा उद्योग समिति सभापति भएर काम गरेका श्रेष्ठसँग करिब ३ दशकको व्यावसायिक अनुभव छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा आगामी मंसिर ११, १२ र १३ गते हुँदैछ ।




Comments are closed.