दराजले सबैभन्दा ठूलो सेल गर्दै, ५ लाख प्रयोगकर्ता उपस्थिति हुने अपेक्षा

काठमाडौं । नेपालको अग्रणी अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने भएको छ । अलिबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ ।

११.११ मा ग्राहकले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्य मार्फत ६ हजार भन्दा बढी बिक्रेताहरू र १ सय ६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन् ।

यसपालिको ११.११ सेलमा ग्राहकले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्ड मार्फत सामान अर्डर गर्दा २० प्रतिशत (रु ३००० सम्मको) छुट पाउनेछन् । यसको लागि नबिल, एनआईसी एसिया, सानिमा, ग्लोबल आईएमई, एनएमबी, मेगा, नेपाल बंगलादेश, कुमारी, लक्ष्मी, सेन्चुरी र हिमालयन बैंकका कार्डधारकहरू यो अफरमा सहभागी हुन पाउनेछन् । यस छुटको मज्जा लिन ग्राहकले आफ्नो बैंक कार्डमार्फत अनलाइन शपिङ गर्न मिल्ने हुनपर्छ । ग्राहकले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन् ।

footwear zone

११.११ मा ग्राहकहरुले ‘दराज वन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११.११’, र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउनेछन् ।

दराज वन रुपैयाँ गेममा ग्राहकले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन् । एड टु कार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन् । लुडो प्रतियोगितामा थप पुरष्कार सहित रु १५ हजार जित्न सक्नेछन् । ग्राहकले ११.११ मा शपिङ गर्दा ८ लाख बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन् ।

११.११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ । नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ । कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाई र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ ।

समग्रमा, २०२० को दाराज ११.११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिङ अनुभव सुनिश्चित गर्दै यस वर्षको सब भन्दा ठूलो अनलाइन सेल हुने भएको छ ।

You might also like

Comments are closed.