पोखरा । प्रतिष्ठित उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ सूर्यबहादुर (सिताराम) केसीकोे निधन भएको छ । ६३ वर्षीय केसीको सोमबार राति १०ः३० बजे आफ्नै निवास मुस्ताङचोकमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
हिमश्री फुड्सका अध्यक्ष केसी प्रतिनिधि सभाका सदस्य हुन् । उच्च रक्तचाप र मधुमेहको समस्या रहेका केसी केही समयदेखि अस्वस्थ थिए ।

लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी गत निर्वाचन भन्दा अगाडि नेपाली काँग्रेस प्रवेश गरेका थिए । आजै पोखरामा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।




Comments are closed.