पोखरा । नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ सूर्यबहादुर (सिताराम) केसीकोे अन्त्यष्टि गरिएको छ । पोखराको शान्तिघाटमा मंगलबार केसीको अन्त्यष्टि गरिएको हो ।
६३ वर्षीय केसीको सोमबार राति १०ः३० बजे आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । हिमश्री फुड्सका अध्यक्ष केसी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका सदस्य हुन् ।
उच्च रक्तचाप र मधुमेह रोगी केसी केही समयदेखि अस्वस्थ भएर घरमै आराम गरेर बसेका थिए । लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी गत निर्वाचन भन्दा अगाडि नेपाली काँग्रेस प्रवेश गरेका थिए ।

केसीको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता तारानाथ रानाभाटले पार्टी झण्डा ओढाएका थिए । ३ जना छोराहरु प्रकाश, किरण र रोसनले केसीलाई दागबत्ती दिए ।




Comments are closed.