बेष्ट फाइनान्सको सिइओमा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त

 

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा युवा बैंकर शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् ।

सञ्चालक समितिको सोमबार बसेको बैठकले उनलाई निमित्त सिइओ नियुक्त गरेको हो । श्रेष्ठ यस अगाडि फाइनान्सको असिस्टेन्ट जनरल म्यानेजर (एजिएम)को जिम्मेवारीमा थिए ।

footwear zone

त्यसैगरी सञ्चालक समिति बैठकले फाइनान्सको कम्पनी सचिवमा राज सुन्दर श्रेष्ठलाई नियुक्त गरेको छ । रिक्त रहेको महिला सञ्चालक पदमा सुशीला खनाल नियुक्त भएकी छन् ।

You might also like

Comments are closed.