सबै सरकारी सञ्चारमाध्यम एकै छातामुनि ल्याउन कानून तर्जुमा गरिने

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध मुलुक निर्माण गर्न सूचनाको महत्वपूर्ण भूमिका हुने भएकाले राष्ट्रिय समाचार समिति (रासस) जस्ता संस्थाले सत्य, तथ्य तथा विश्वसनीय सूचना जनतासमक्ष सम्प्रेषण गर्नुपर्ने बताए ।

पुरानै कार्यशैली, सोच र संरचनाबाट अहिलेका परिस्थितिमा प्रतिस्पर्धी बन्न नसकिने जनाउँदै उहाँले आफ्ना सोच, संरचना र कार्यशैलीलाई परिवर्तित समयानुसार पुनः संरचना गर्न निर्देशन दिए । “अब खोजमूलक समाचारमा ध्यान दिनुहोस्”, सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मंगलबार राससको निरीक्षणका क्रममा उनले भने, “सरकारले गरेका जनपक्षीय कामलाई जनतासमक्ष पु¥याउनुहोस्, राज्यका सबै तह र माथिल्ला निकायबीच समन्वय हुने ढङ्गबाट राससले काम गर्नुपर्छ ।”

सक्षम रासस बनाउन पञ्चायतकालदेखि हालसम्मका गतिविधि र भावी योजनासहितको श्वेतपत्र निर्माण गरी चाँडै मन्त्रालयमा प्रस्तुत गर्न उनले निर्देशन दिए । राससलाई थप प्रतिस्पर्धी र सुदृढ बनाउन सरोकार भएकाहरुसँग निरन्तर संवाद गर्न पनि उनले निर्देशन दिए ।

footwear zone

राससको सुदृढीकरणका लागि सरकारका तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसलाई भरपर्दो, विश्वसनीय र आधिकारिक सूचना केन्द्रका रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको बताए । अहिलेको समयमा राससजस्ता संस्थाले आफूलाई थप प्रतिस्पर्धी र विश्वसनीय बनाउन शुद्धीकरणको जरुरी रहेको उल्लेख गर्दै उनले पदाधिकारी र सम्पूर्ण कर्मचारीले आफूलाई तोकिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गरे÷नगरेका विषयमा मन्त्रालयका तर्फबाट पनि अनुगमन तथा मूल्याङ्कन गरिने स्पष्ट पारे ।

सो अवसरमा मन्त्री गुरुङले चारवटै सरकारी सञ्चारमाध्यमलाई एकै छातामुनि राख्दा स्रोत साधन, जनशक्ति, भौतिक पूर्वाधार र समाचार सम्प्रेषणका क्षेत्र प्रभावकारी हुने आफ्नो धारणा रहेको बताए । “राज्यको स्रोतबाट सञ्चालन भएका रासस, गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनाअन्तर्गत हुने गरी छाता ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु, यसमा हामी मन्त्रालयभित्र र विज्ञहरुसँग पनि थप छलफल गरी निर्णय गर्नेछौँ”, सबै माध्यमको एकीकृत संयोजनबाट ठोस परिणाम निकाल्न सकिने उल्लेख गर्दै उनले भने ।

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चारै सरकारी सञ्चारमाध्यमले एकापसमा समन्वय गरेर जानुपर्नेमा जोड दिए । राससलाई साधन, स्रोतसम्पन्न बनाउन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भौतिक सम्पत्तिको सदुपयोग गर्न पनि सुझाव दिए ।
राससका अध्यक्ष श्यामल अधिकारीले राससका प्रदेश कार्यालयहरुलाई सरकारका गतिविधिको समाचारको आधारथलो बनाउनुपर्ने बताउँदै भिडियो सेवा सञ्चालन गर्न न्यूनतम सात जनाको जनशक्ति र पर्याप्त स्रोतको व्यवस्था गरिदिन आग्रह गरे । राससलाई हेर्ने राज्यको दृष्टिकोण बदल्न आग्रह गर्दै उनले मुलुकको बदलिँदो परिवर्तित अवस्थाअनुसार रासस ऐन परिमार्जन गरेर थप प्रभावकारी काम गर्ने वातावरण सिर्जना गरिदिन पनि आग्रह गरे ।

राससका प्रमुख समाचारदाता राजु शाक्यलगायत विभागीय प्रतिनिधि सहभागी छलफलमा राससका प्रधानसम्पादक श्याम रिमालले जनताका बीचमा सरकारविरुद्ध फैलाइएका भ्रम चिर्ने उपयुक्त माध्यम रासस रहेको उल्लेख गर्दै सरकारका निर्णय र आधिकारिक धारणा राससमार्फत छिटो छरितोरुपमा सार्वजनिक गर्ने व्यवस्था गर्न सकिए थप प्रभावकारी हुने बताए । सो अवसरमा राससका प्रशासन प्रमुख उत्तम सिल्वालले राससले प्रवाह गर्दै आएको सेवा र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

You might also like

Comments are closed.