चन्द्र ढकाल प्यानलद्वारा महासंघमा उम्मेदवारी दर्ता

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार महासंघको कार्यालय टेकुमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

ढकाल समूहबाट वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गरे ।

एशोसिएट्सतर्फ केन्द्रीय सदस्यमा अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीले र जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियाले उम्मेदवारी दर्ता गरेका छन् ।

footwear zone

वरिष्ठ उपाध्यक्षमा ढकालसहित बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिएका यस अगाडि नै उम्मेदवारी दिइ सकेका छन् ।

You might also like

Comments are closed.