कागजात तथा प्रमाण जुटाउन ५ हजारसम्म खर्च-उपलब्धी शुन्य, जनता आवासको रकम फ्रिज

वीरगञ्ज ।  रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जनता आवास कार्यक्रमका लागि आएको एक अर्ब रुपैयाँ फ्रिज भएपछि त्यहाँका दलितहरूले स्थानीय जनता आवास कार्यक्रम कार्यान्वयन एकाइमा तालाबन्दी गरेका छन् ।

सङ्घीय सरकारले दलित एवं विपन्न वर्गको घर निर्माणका लागि पठाएको सो रकम शहरी विकास तथा भवन कार्यालय अन्तरगत गौरमा रहेको सो एकाइले खर्च गर्न नसकेर फ्रिज भएपछि आक्रोसित नेपाल राष्ट्रिय मुसहर सङ्घ र मधेशी दलित विकास महासङ्घको अगुवाइमा दलितहरूले तालाबन्दी गरेको मधेशी दलित विकास महासङ्घका अध्यक्ष धर्मेन्द्र पासवानले राससलाई बताए ।

कार्यालयका कर्मचारीहरूको उदासिनताको कारण गरिब, दलित तथा असहाय परिवारका लागि आएको सो बजेट फ्रिज भएपछि बाध्य भएर ताला लगाउनु परेको दलित अगुवाहरूको गुनासो थियो ।गतवर्षदेखि नै सो रकम निकासामा अवरोध हुदै आएकोले करिव तीन हजार घरपरिवार आवासविहिन भएका छन् ।

footwear zone

घर निर्माणका लागि सो समुदायले फारम दर्ता गराउनेदेखि आवश्यक कागजात तथा प्रमाण जुटाउन प्रति परिवार रू ५ हजारसम्म खर्च गरेपनि उपलब्धि केही नभएको उनीहरूको आरोप थियो । सोमवार गौरस्थित सो कार्यालयमा पुगेका दलित आक्रोसित भइ नाराबाजी गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

You might also like

Comments are closed.