कर्जाको चुक्ता ताकेता नगर्न निजी क्षेत्रको माग

 

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचिमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गर्दै यस्तो कार्य गर्नु दुःखद भएको ठहर गरेको हो । संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाद्धारा जारी विज्ञप्तिमा नेपाल राष्ट्र बैंकका गभर्नरबाट पनि पटक–पटक बैंक तथा वित्तीय संस्थाहरुलाई मौद्रिक नीतिमार्फत् घोषित कार्यक्रम लागु गर्न एवं व्यवसायीहरुलाई थप प्रताडना नदिन भएको आग्रहको वेवास्ता नगर्न पनि भनिएको छ ।

footwear zone

‘संक्रमणको त्रासका बीच संकुचनमा परेको उद्योग÷व्यवसाय जोगाउने कि बैंक तथा वित्तीय संस्थाबाट आउने टेलिफोन उठाउने भन्ने अर्को समस्याले पनि नेपालको निजी क्षेत्र प्रताडित बनेको छ’, विज्ञप्तिमा भनिएको छ,‘ संघ मौद्रिक नीतिमार्फत् घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयनमा ल्याउन,कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको निर्देशन कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकसमक्ष अनुरोध गर्दछ ।’ विज्ञप्तिमा निजी क्षेत्रले कर्जा तिर्दिन नभनेको उल्लेख गर्दै धम्कीबाट अविचलित रहन र परिस्थितिको जटिलतालाई ख्याल राख्दै सुरक्षित तवरले उद्योग÷व्यवसाय संचालन गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह पनि गरेको छ ।

You might also like

Comments are closed.