पोखरा । स्वदेश तथा विदेशमा हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरी बगान वारिष्टा कफी स्कुलले वारिष्टा तालिम सुरु गरेको छ । पोखराको विन्ध्यबासिनीस्थित कफी बगानसँगै रहेको वारिष्ट स्कुलबाट तालिम सुरु गरिएको सञ्चालक लोकराज पौडेलले जानकारी दिए ।
दक्ष तथा अनुभवी प्रशिक्षकबाट वारिष्ट ट्रेनिङ दिइने उनले बताए । ‘वारिष्ट ट्रेनिङ पछि विद्यार्थीलाई कफी सपमा इन्टर्नको व्यवस्था पनि गरिएको छ,’ उनले भने, ‘कफीको ट्रेनिङ लिने विद्यार्थीलाई कफी फार्ममा भिजिट गराउँछौं ।’ प्रशिक्षार्थीले कफी रोस्टिङ गर्न सिक्छन् ।

करिब १ महिने कोर्षमा विद्यार्थी भर्ना गरिरहेको प्रशिक्षक ज्ञानबहादुर गुरुङले जानकारी दिए । ‘कफी बगानसँगै सञ्चालित वारिष्ट स्कुलमा प्रयाप्त पूर्वाधारको व्यवस्था छ,’ उनले भने ।





Comments are closed.