प्रदेश सरकार जनतासँगै छः मुख्यमन्त्री गुरुङ

 

लमजुङ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्बा गुरुङले जनताको सुख दुःखमा जनतासँगै प्रदेश सरकार रहेको बताएका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार मर्रस्याङ्दी गाउँपालिका १ घनपोखरामा एक घर एक धारा खानेपानीको उद्घाटन गर्दै विगतमा प्रदेश सरकार नहुँदा जनताले कुवाँबाट पानी खानुपर्ने, एक गाग्री पानी भर्न घण्टौ कुर्नुपर्ने लगायतका समस्याको अन्त्य गर्दै यतिबेला प्रदेश सरकारले जनताको घर घरमै धारा उपलब्ध गराउँदै आएको बताए ।

प्रदेशका सबै पालिकामा कालोपत्रे सहितको सडक पु¥याउने लक्ष्यले प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । उनले भने, “पाँच वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा पक्की सडक निर्माण गर्छौ ।” कोभिड १९ का बिरामीहरुको प्रदेश सरकारले निःशुल्क उपचार गर्दै आएको मुख्यमन्त्री गुरुङले बताए।

footwear zone

सो वडाको नायू र घनपोखरामा ६५÷६५ गरी १३० घरमा एक घर एक धारा पुगेको छ । स्थानीयको २० लाख बराबरको जनश्रमदान र प्रदेश सरकारको गरी कुल रु एक करोड आठ लाख २९ हजार रुपैयाँमा सो योजना निर्माण भएको वडा कार्यालयले जनाएको छ । त्यस्तै, सोही वडाको वडा कार्यालय भवनको मुख्यमन्त्री गुरुङले बिहीबार शिलान्यास गरे । गाउँपालिकाको ७१ लाख रुपैयाँमा एउटा मिटिङ हलसहित एक तले पाँच कोठे भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.