ऋषिङका पहिरो पीडितलाई तनहुँ समाज हङकङको सहयोग

तनहुँ । तनहुँको ऋषिङ गाँउपालिकामा गत असार २८ गते गएको पहिरोमा गरी ज्यान गुमाउनेको परिवारलाई तनहुँ समाज हङकङले आर्थिक सहयोग गरेको छ ।

अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर ऋषिङ–८भैंसीकिलीमा अन बहादुर सुनारीको एकै परिवारका ५ जनाको ज्यान गएको थियो । सोही घटनामा आफ्ना २ छोरा,२ बुहारी एक नातीनी र घरबास समेत गुमाएका सुनारीको परिवारलाई समाजको तर्फबाट २ लाख ६४ हजार एक सय ५० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हो । तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जंग बहादुर थापाले पीडित परिवारकै घरमा पुगी बुधवार २ लाख ४४ हजार एक सय ५० रुपैयाँ हस्तान्तरण गरेका हुन् भने २० हजार समाजको तर्फबाट घटना लगत्तै प्रदान गरिएको थियो ।

ऋषिङ पल्टयाङ स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आएका लालबहादुर थापाको संयोजकत्वमा विभिन्न सिलसिलमा हङकङ पुगेका नेपालीहरुबाट संकलित उक्त रकम समाजका पूर्व अध्यक्ष गुरुङ, निवर्तमान अध्यक्ष थापा र ऋषिङ गाँउपालिकाका प्रमुख राजेन्दकृष्ण श्रेष्ठले संयुक्त रुपमा अन बहादुरलाई हस्तान्तरण गरेका हुन् । घटनाका पीडितलाई सहयोग गर्न तनहुँ समाज हङकङमा अनुरोध पत्र प्राप्त भएपछि सहयोग संकलन अभियान सञ्चालन गरी तनहुुँ साथै अन्य जिल्लाका समेत गरी ५६ जना नेपालीहरुको सहयोगबाट सो रकम संकलन भएको रकम संकलन अभियानका संयोजक लालबहादुर थापाले जानकारी दिए ।

footwear zone

रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए । त्यस्तै निवर्तमान अध्यक्ष जंगबहादुर थापाले तनहुँमा विगतदेखि नै विभिन्न दुख पीडा पर्दा समाजले साथ दिइरहेको चर्चा गर्दै सहयोग निरन्तरता रहने बताए । “हामीलाई जानकारी भएसम्म आफ्नो ठाँउलाई दुख पर्दा हामी हाम्रो छाक कटाएर पनि सहयोग गर्न तयार छौँ ”थापाले भने । साथै प्राप्त सहयोग सदुपयोग गर्न पनि उनले आग्रह गरे ।

सोही अवसरमा गाँउपालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले पहिरो पीडितका लागी पालिकाले जग्गा प्रदान गरी र विभिन्न संघसंस्थाको सहयोगले घर निर्माण गर्न सकिएको बताए । प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको परिपूर्ति गर्न सक्ने अवस्था नरहेपनि उहाँको सुरक्षित स्थान्तरणको लागी पालिकाले सहयोग गरेको बताए । पीडित परिवारलाई सहयोग जुट्ने क्रममा सामाजिक उत्तरदायित्व बहन गर्दै तनहुँ समाज हङकङले दिएको साथ प्रशंसनिय रहेको श्रेष्ठले बताए ।

You might also like

Comments are closed.