पटाका रोक्न सीमामा प्रहरी परिचालन

 

महेन्द्रनगर । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले तिहार र छठ पर्वमा भारतीय बजारबाट पटाका ल्याउन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए ।

“ सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साँझ गरेर विभिन्न समयमा कुकुर परिचालन गरी जाँच गर्छौ”, प्रवक्ता थापाले भने, “ गड्डाचौकीनाकादेखि पूर्वी डोकेबजार सीमानाकासम्म परिचालन गरी कडाइ गर्छौ ।”

footwear zone

भारतसित सीमाना जोडिएको कञ्चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलो पटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । यात्रुहरुलाई मात्रै नभई सवारीसाधनमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ”, उनले भने, “ चाडपर्व लक्षित सुरक्षा योजना समेत बनाएर ग्रामीण र सीमानाकासम्म प्रहरी खटिएको छ ।” जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट रु डेढ लाख बराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।

You might also like

Comments are closed.