एलआईसीले दियो मृत्युदावी भुक्तानी

पोखरा । एलआईसी नेपालले दुर्घटना परि ज्यान गुमाएका पोखरा –२६ का दिपेन्द्र गुरुङको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ । कम्पनीले १४ लाख ३५ हजार सात सय ८३ रुपियाँ भुक्तानी गरेको हो ।

गोर्खा जिल्ला स्थायी ठेगाना भई हाल पोखरा –२६ अर्घौमा ट्रय्क्टर ब्यवसाय संचालन गर्दै आएका गुरुङको गत साउन २१ गते दुर्घटना परि ज्यान गुमाएका थिए ।

स्वर्गीय गुरुङकी श्रीमती समसरी गुरुङलाई शुक्रबार उनकै घरमा पुगी एल आई सि नेपाल लेखनाथ शाखाका शाखा प्रमुख सन्जिव खनाल, एजेन्सी म्यानेजर रञ्जना भण्डारी र एजेण्ट प्रकाश रानाभाटले उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय गुरुङले तीन वर्ष पहिला १२ लाख विमाङ्ककको विमा गरेका थिए भने उनको कामको सिलसिलामा गत साउनमा लोडरको ठक्करवाट सेती नदी किनारामा निधन भएको थियो ।

footwear zone

चेक वुझदै श्रीमती समसरीले आफनो जिवनको मुख्य आधारलाई गुमाउदा आफु माथी परेको वज्रपातमा केही हदसम्ममा भए पनि विमा कम्पनीले मलम पट्टी लगाउने काम गरेकाले उक्त रकमको सहि सदुपयोग गरि आफना दुई नावालक छोरा÷छोरीको शिक्षादिक्षाका लागि खर्च गर्ने बताएकी छन् ।

You might also like

Comments are closed.