स्वर्गीय नारायणका परिवारले पाए बिमा बापतको ५२ लाख ५० हजार

पोखरा । स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य नारायण शर्मा चापागाईंको केही समय अगाडि मृत्यु भयो । ४ महिना अगाडि मात्रै उनले ५० लाख रुपैयाँ बराबरको जीवन बिमा गरेका थिए । उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवनबिमा गरेका थिए ।

मृतक नारायणका श्रीमती सारदा अधिकारीलाई आज सोही बिमा बापतको रकम कम्पनीले भुक्तानी गरेको छ । ५२ लाख ५० हजार रुपैयाँको चेक सारदा अधिकारीलाई भुक्तानी गरिएको कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी सहित पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्य, युनियन लाइफका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला, लामाचौर शाखा प्रमुख सूर्य चापाईंसहितको टोलीले चेक हस्तान्तरण गरेको हो ।

footwear zone

उक्त अवसरमा बोल्दै मेयर जिसीले जीवन बिमा गर्नु बचत र सुरक्षा दुवै दृष्टिले महत्वपूर्ण हुने धारणा राखे ।

You might also like

Comments are closed.