कास्कीकोटमा ७० हजार रुपैयाँ बराबरको माक्स वितरण

 

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले पोखरा २४ कास्कीकोटका ९ वटा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, स्वास्थ्य चौकीका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई माक्स वितरण गरेको छ । उक्त अवसरमा २ हजार माक्स वितरण गरिएको अध्यक्ष कोपिला श्रीसले जानकारी दिइन् ।

पोखरा २४ वडा कार्यालय, युकेमा रहेका जमानसिंह थापा, डम्बरबहादुर थापा र फूलमती थापा र क्लबका सदस्यहरुको सहयोगमा माक्स वितरण गरिएको हो । हालै एक कार्यक्रमका बीच ७० हजार रुपैयाँ बराबरको माक्स वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष तथा वडा सचिव कुस्माराज सुवेदीले जानकारी दिए । सुवेदीकै संयोजकत्वमा कार्यक्रम भएको हो ।

footwear zone

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीको लायन्सको सक्रियतामा गरिएको सहयोग प्रशंसनीय रहेको बताए । ‘आवश्यकता भएको अवस्थामा लायन्सबाट राम्रो सहयोग भयो,’ उनले भने ।

लायन्सका डिष्ट्रिक्ट चियरपर्सन विकास भुर्तेलले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा क्लबको योगदान राम्रोृ रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिव एवं कार्यपालिका सदस्य सन्तु सुवदीले र धन्यवाद ज्ञापन क्लबका निर्देशक सुरेन्द्र थापाले गरेका थिए ।

You might also like

Comments are closed.