ठूलो अनलाइन सेल दिवस कारक २६ मध्यरातबाट सुरू हुँदै

काठमाडौं । देशको अग्रणी अनलाइन बजार, दराजले ‘लाइभ अनाउन्स्मेण्ट’ कार्यक्रम मार्फत दराज ११.११ को तेस्रो संस्करण नोभेम्बर ११, कात्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाएको छ ।

यस वर्षको ११.११ सेलमा ग्राहकले विशेष छुट पाउनुका साथ् ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन् । ग्राहकहरुले नबिल बैंक, सानिमा बैंक, एनआइसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक को डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत (अधिकतम रु ३०००) सम्मको छुट पाउन सक्नेछन् । ग्राहकले दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउनेछन् ।

११.११ मा ग्राहकले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एसट्वेन्टी एफइ पाउनेछन् । एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्रान्डमा पनि ६० प्रतिशतसम्म छुट पाउनेछन् ।

footwear zone

प्रिमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्नेछ । दराजले ग्राहकलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वन रुपी गेम र मिशन ११.११ जस्ता गेम मार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

You might also like

Comments are closed.