“चालकसंग १ मिनेट” अभियान

पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसंग १ मिनेट अभियानको सुरुवात गरेको छ ।

दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो सवारी दुर्घटनालाई ट्राफिक सचेतना मार्फत न्यूनिकरण गर्ने साथै प्रदेश भरिनै स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य रुपमा पालना गराई संक्रमणलाई फैलन नदिन उक्त अभियानको थालनी गरिएको हो ।
आइतबार गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले पोखराको औधोगिक क्षेत्र स्थित व्यानर सहित विभिन्न सवारी साधनका चालकहरुसंग ट्राफिक सचेतना तथा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायहरु सम्बन्धि १ मिनेट सहजिकरण गरि उक्त अभियानको सुरुवात गरेका हुन् ।

सोहि अभियान अन्तर्गत गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला ट्राफिक कार्यालयहरुले समेत आइतबारदेखि जिल्ला अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् ।

footwear zone

अभियान बारे बताउँदै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले उक्त अभियानसंग ट्राफिक प्रहरीको चालकमैत्री व्यवहार एवं कुशल कार्यदक्षता समेत जोडिएकाले यसबारे सन्तोषजनक र सकारात्मक प्रतिक्रिया आईरहेको बताए ।
साथै अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि राजमार्ग तथा ग्रामिण सडकहरुमा समेत आगामी दिनमा थप कडाईका साथ ट्राफिक नियमको पालना गराई सवारी दुर्घटना न्यूनिकरणका लागि आफूहरु अग्रसर रहने बताए ।

You might also like

Comments are closed.