‘सक्किगोनी’ मंसिर २५ गतेदेखि, मार्केटिङको जिम्मा एड प्याड प्रा.लि.लाई

काठमाडौं । नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टिभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टिभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं,’ निर्देशक कट्टेलले भने, ‘कार्यक्रमलाई अझै उचाईमा पु¥याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं ।’

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शहरदेखि गाउँसम्म राति ८ बजे टिभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रशारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।

footwear zone

‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ । सोमबार आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजनबीच सम्भmौता भएको हो ।

You might also like

Comments are closed.