अखाद्य चामल र भाइमसला बिक्री, पसलमा गरियो सिलबन्दी

वाग्मती । अखाद्य वस्तु मिसावट गरी चामल बिक्रीवितरण गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित विवेक स्टोरमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सोमबार सिलबन्दी गरिएको छ । एक सय बोरा अखाद्य चामल उक्त स्टोरमा भेटिएपछि संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको जिप्रकाले जनाएको छ ।

खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, उपमहानगरपालिका, घरेलु कार्यालय र उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले हेटौँडा १० मा रहेको सो स्टोर सिलबन्दी गरी अनुसन्धान प्रकिया अगाडि वढाएको अनुगमन टोलीमा सहभागी सहदेव आचार्यले जानकारी दिए ।

उक्त चामलमा पशुपन्छीलाई खुवाउने कनिका मिसाएको पाइएकाले नष्ट गर्नसमेत खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले निर्देशन दिएको जनाइएको छ ।

footwear zone

यसैगरी अनुगमन टोलीले हेटौँडा बजारमा उपभोक्तालाई बिक्रीवितरण गर्न राखिएको भाइमसला बिक्रीमा केही पसललाई रोक लगाएको जिप्रकाका शाखा अधिकृत देवचन्द्र गड्तौलाले भने । सो टोलीले करीब दुई दर्जन खाद्यान्न तथा मिठाइ पसलको अनुगमन तथा निरीक्षण गरेपछि त्यस्तो रोक लगाएको हो ।

You might also like

Comments are closed.