काठमाडौं । नेपालका प्रशिद्ध सञ्चारकर्मी रवि लामिछाने र उनका जीवनसंगिनी निकिता पौडेलले कोरोना जितेका छन् । १४ दिनको कठिन आइशोलेशनपछि मंगलबारबाट कोरोना मुक्त भएको लामिछानेले जनाए ।
‘हामी दुबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो,’ उनले भनेका छन्, ‘विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा एकमुष्ठ धन्यवाद छ ।’
निरन्तर स्वास्थ्य सल्लाह प्रदान गर्ने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे, रवीन्द्र समीर तथा डा.विश्वनाथ कोइरालाप्रति उनले आभार प्रकट गरेका छन् । उनले अन्त्यमा भनेका छन्, ‘सोचे झै कोरोना रैनछ ।’




Comments are closed.