युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७७ प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।

अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक रहेको समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र शिव खकुरेल छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य बिटमा पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्ने छ ।

पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

footwear zone

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना गरेको यो पुरस्कार मंसिर २३ गते हुने युआरएलको सातौं वार्षिकोत्सव समारोहमा वितरण गरिने सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए । यसैबीच, युआरएलले विश्व मधुमेह दिवसको उपलक्ष्यमा कात्तिक २२ देखि २९ गतेसम्म खानाअघि र खानापछिको मधुमेहसम्बन्धी रक्त परीक्षण निशुल्क गरिरहेको छ ।

You might also like

Comments are closed.