पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार वटा विधेयक प्रमाणिकरण गरेका छन् ।
गण्डकी प्रदेशसभाले पारित गरी पठाएका चार वटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गरेका हुन् । जसमा गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारी हिमालले प्रमाणित गरेका हुन् ।




Comments are closed.