संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न दिइने

 

झापा ।  झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड–१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ ।

नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध गराउने समेत निर्णय गरेको हो ।

footwear zone

नगरपालिकाले धाइजन स्वास्थ्य चौकी रहेको भवनमा ३० शै्ययाको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय यसअघि गरिसकेको छ ।

You might also like

Comments are closed.