‘नेचर सुपरमार्केट’मा सपिङ गर्दा विशेष छुट

काठमाडौं । काठमाडौंको मैतीदेवीचोकमा सञ्चालित ‘नेचर सुपरमार्केट प्रा.लि.’मा सपिङ गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने भएको छ । सुपरमार्केट शुभारम्भको अवसरमा एक महिनासम्म छुट प्रदान गर्न लागिएको अध्यक्ष जनक धामीले जानकारी दिए । सामान अनुसार ५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने उनले बताए ।

सुपरमार्केटको बुधबारमात्रै औपचारिक उद्घाटन गरिएको हो । विशेष छुट मंसिर २६ गतेसम्म जारी रहनेछ । सुपरमार्केटले खाद्यान्न तथा ग्रोसरी सामान बिक्री वितरण सुरु गरेको छ ।

२ हजार ५ सय रुपैयाँ भन्दा बढीको सामान अर्डर गरेमा होम डेलिभरी सुविधा उपलब्ध हुने प्रा.लि.ले जनाएको छ । ‘काठमाडौं उपत्याभर हामीले सामान डेलिभरी गर्नेछौं,’ धामीले भने । प्रा.लि.ले छिट्टै राजधानीका विभिन्न स्थानमा शाखा विस्तारको योजना बनाएको छ ।

footwear zone

र यो पनि, मैतीदेवीमा खुल्यो ‘नेचर सुपरमार्केट’, काठमाडौं उपत्यकाभर होम डेलिभरी सुविधा

You might also like

Comments are closed.