रोयल डिपार्टमेन्टलको चौथो शाखा वागमारामा

पोखरा । पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा ट्रेड मलमा २०७२ सालमा संचालनमा आएको रोयल डिपार्टमेन्टल स्टोर्स प्रा.लि.ले आफ्नो चौथो शाखा पोखरा ३३ वागमारामा शनिबार देखि संचालनमा ल्याएको छ ।

स्टोर्सको पोखरा महानगरपालिका वडा नंं ३३ का अध्यक्ष शिवराज आचार्यले उद्घाटन गर्दै स्टोर्सले स्थानिय किसानले उत्पादन गरेका वस्तुहरुको उचित मुल्यमा खरिद गरी अन्य शाखाहरुबाट विक्रिवितरणमा सहयोग गर्नुपर्ने वताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विभिन्न स्थानिय संघसंस्था, आमा समुह, टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा स्टोर्सका अध्यक्ष कृष्णप्रसाद काफ्लेले आफुहरु कमाउन मात्रै नभई सेवा दिनकोलागि आएको वताउँदै सबै स्टोर्सहरुमा मुल्य एउटै रहेको वताएका थिए ।

footwear zone

स्टोर्सको विरौटा र पर्स्याङचोकमा पनि शाखा संचालनमा छन् । स्टोर्सका अध्यक्ष कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संचालक राजुकुमार शर्माले र संचालन माधव प्रसाद तिमिल्सिनाले गरेका थिए ।

You might also like

Comments are closed.