तरकारी सङ्कलन केन्द्र निर्माण

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको बताइन्। किसानहरुलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । किसानहरुबाटै समिति निर्माण गरी केन्द्र सञ्चालन गरिने उनले बताइन् ।

तरकारी सङ्कलन केन्द्र नहुँदा तरकारी उत्पादनमा सङ्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्याएर बिक्री गर्न सहज हुने किसानहरु बताउँछन् ।

footwear zone

गाउँपालिकाले पनि तरकारी तथा फलफूल खेतीका लागि विशेष जोड दिएको अध्यक्ष गुरुङले बताइन् । बाँझो जमिन प्रयोगमा ल्याउन प्रोत्सहान गर्दै एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानका कायक्र्रम ल्याइएको उनले जानकारी दिइन् । सबै वडामा जैविक विषादीमुक्त तरकारी उत्पादनमा जोड दिइएको उहाँको भनाइ थियो । किसानले १०० भन्दा बढी फलफूलको बिरुवा रोपे ७५ प्रतिशत अनुदान दिइने उल्लेख गर्दै उनले खेतीयोग्य जमिनका लागि थोपा सिँचाइको व्यवस्था गरिने बताइन् । व्यावसायिक तरकारी खेती गर्ने किसानलाई तालिमसहित बिउबीजनमा सहयोग गरिरहेको पनि उनले बताइन् ।

You might also like

Comments are closed.