एक नम्बर प्रदेशमा ढकाल समूहको चुनावी सभा, ५२ जिल्ला तथा नगर अध्यक्षहरुको समर्थन

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको क्रममा देश दौडाहामा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई १ नम्बर प्रदेशका ५२ ओटा जिल्ला नगरका अध्यक्षहरुले समर्थन गरेका छन् ।  ढकाल प्यानललाई १ नम्बर प्रदेशको आयोजनामा आयोजित स्वागत कार्यक्रममा विभिन्न जिल्लाबाट उपस्थित जिल्ला तथा नगर अध्यक्षहरुले उपस्थित भएर समर्थन गरेका हुन् ।

सो कार्यक्रममा १ नम्बर प्रदेशका १७ जिल्ला तथा नगरका अध्यक्षहरुले उपस्थित भएर स्वागत गरेका थिए भने अन्य जिल्ला तथा नगर अध्यक्षहरुले स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै समर्थन सहितको शुभकामना पठाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ अन्तर्गत सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघको आयोजनामा धनकुटाको भेडेटारमा आयोजना गरेको सो कार्यक्रम बिहीबार र शुक्रबार गरी २ दिन सम्म चल्ने छ ।

footwear zone

उक्त कार्यक्रममा विभिन्न जिल्ला नगरका अध्यक्ष, वस्तुगततर्फका अध्यक्ष तथा एशोसिएट्स सदस्यगरी १ सयभन्दा बढी उद्योगी व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

You might also like

Comments are closed.