नाजिर हुसेनको नाटक ‘कुरुप हाँस’ पोखरामा

पोखरा, २९ जेठ ।

नाटक ‘द अग्ली डकलिङ’( कुरुप हाँस) पोखरामा मञ्चन हुँदैछ। नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पना एवं निर्देशन गरेका हुन्।

कुरुप हाँस मञ्चनका लागि टिम पोखरामा छ। डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्ली डकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो। नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्नेअपहेलना र विभेद देखाइएको छ।

footwear zone

घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्। नाटकमा संवादको प्रयोग छैन।

कुरुप हाँसका बारेमा नाजिर भन्छन्, यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो। कथाको केन्द्रमा हाँस भएपनि हाम्रो समाजमा मान्छेले मान्छेलाई नै रुप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद संकेत गर्छ।‘ उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरु महसुस गरेको बताए।  छालाको रङ, शारीरिक सुगठन, धर्म, जात आदिका कारणले धेरैपटक फरक महसुस गर्नु पर्‍यो। अरुले कुरुप महसुस गराएको त्यही अनुभूतीलाई सुन्दर बनाएर नाटकमार्फत प्रस्तुत गरेको छु।

गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नाटक मञ्चन हुनेछ। सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ। अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा प्रकाश सुदिप खतिवडाले र संगीत मिलन कार्कीले व्यवस्थापन गर्नेछन्।पोखराका लागि फ्लोरेन्स कार्कीले कार्यक्रम संयोजन गर्नेछिन् ।

नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५.३० बजे नियमित मञ्चन हुनेछ। नाटक हेर्नकालागि टिकट दर विद्यार्थीका लागि २००, जनरल ५०० र १००० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.