७ लाख रुपैयाँ लगानीमा सामूहिक केराखेती

वालिङ । स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् ।

एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी हुने भएकाले सामूहिक रुपमा केराखेती थालेको सञ्चालक गोपालप्रसाद घिमिरेले बताए । केराखेतीको सम्भावना राम्रो देखेर आम्दानीको रुपमा विकास गर्नका लागि चापाकोट–९ सुन्तलीटार निर्दिममा स्थानीयवासी गोपालप्रसाद घिमिरे, गङ्गाधर ज्ञवाली, मोहोनीलाल घर्ती र भूपराज घर्ती मिलेर गत वर्षदेखि ‘बीएफएफ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरी व्यवसाय थालेका हुन् ।

“बन्दाबन्दी भन्दा अगाडिको समयमा भारतबाट एक हजार ५०० केराका बेर्ना ल्याएर नर्सरी ग¥यौं” सञ्चालक घिमिरेले भने, “बन्दाबन्दीका समयमा बेर्ना तयार भएपछि लगायौं, अहिले उत्पादन दिन थालेको छ ।” समूहले वार्षिक ५० हजारका दरले २० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती थालेको सञ्चालक मोहोनीलाल घर्तीले बताए।

footwear zone

“अहिले १५ रोपनी क्षेत्रफलमा एक हजार ५०० केराका बोट छन्”, उनले भने, “अब बाँकी रहेको पाँच रोपनी क्षेत्रफलमा पनि केराका बोट थप गर्ने तयारी भइरहेको छ ।” सात लाख रुपैयाँको लगानीमा थालिएको व्यवसायबाट पाँच वर्षसम्म आम्दानी लिन सकिने सञ्चालकको भनाइ छ ।

“पानी तानेर सिँचाइ गर्नुपर्ने भएकाले यसको व्यवस्थापनमा पहिलो चरणमा खर्च भएको छ, आगामी वर्षमा खर्चमा कटौती हुने र नाफा बढ्दै जाने छ”, सञ्चालक घर्तीले भने । केरा बिक्रीबाट वार्षिक रुपमा रु चौध लाखका दरले पाँच वर्षमा रु सत्तरी लाख आम्दानी गर्ने दाबी सञ्चालकको छ ।

“यस समूहमा हामी सबै जना ५० वर्षभन्दा माथिका मात्रै संलग्न भई काम गरेका छौं”, सञ्चालक घिमिरेले भने,“युवाले पैसा कमाउनका लागि विदेशको विकल्प नदेखिरहेको अहिलेको अवस्थामा स्वदेशमै काम गर्न सके र बाँझो जमिनलाई सदुपयोग गर्न सकेको खण्डमा आम्दानीको स्रोत यहीँ छ भनेर उनीहरुलाई अभिप्रेरित गर्नका लागि पनि सहयोगी हुने विश्वास लिएको छु ।”

‘जी नाईन’ जातका केराका बिरुवा रहेको फार्ममा उत्पादन भएका केरा बिक्रीका लागि बजारको कुनै समस्या नरहेको सञ्चालक ज्ञवालीले बताए ।

You might also like

Comments are closed.