महालक्ष्मी बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचा हस्तान्तरण

 

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले २०७७ कार्तिक २९ गते शनिबार लक्ष्मी पूजाको अवसर पारेर ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनः निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यव्रmममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको पनि सहभागिता थियो ।

footwear zone

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनः निर्माण गरेको हो । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

You might also like

Comments are closed.