काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ को रोकथाम र उपचारका लागि सात भेन्टिलेटर उपलब्ध गराएको छ । मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई रेडक्रस सोसाइटीको कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले उक्त भेन्टिलेटर हस्तान्तरण गरेकी हुन् । सो अवसरमा मन्त्री ढकालले कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताए ।
उनले सबै क्षेत्रबाट कोभिड–१९ को विरुद्धमा सहयोग प्राप्त भएकाले सहजै सफलता प्राप्त गर्ने बताए । मन्त्रालयले प्राप्त भएका सामग्री पारदर्शी ढङ्गले वितरण गरिने बताए । सङ्क्रमितको बढी भएका भएका अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने उहाँको भनाइ थियो । मन्त्री ढकालले खोप ल्याउन सहज होस् भनेर सरकारले अध्यादेशसमेत ल्याएको जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार कोभिड–१९को विरुद्धको खोप उपलब्धता सहज बनाउन औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ जारी गरेकी थिइन् । उनले कोभिड–१९ विरुद्ध बनेको खोप उत्पादन गरेर वैधानिकता पाउँदा अन्य देशका नागरिकले खोप पाएसँगै नेपाली नागरिकले सहज तवरले पाउने गरी अध्यादेश ल्याइएको बताइन्। रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष कार्कीले सामाजिक सङ्घसंस्थाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारसँग हातेमालो गरेर काम गरिरहेको बताइन् ।




Comments are closed.