पोखरा । पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल ई. लेख बहादुर गुरुङको निधन भएको छ ।
कात्तिक २५ गते उच्च रक्तचापका कारण कलेज प्राङ्गणमा अचानक बेहोस भइ काठमाडौं ग्रान्डी अस्पतालमा उपचाररत रहेका गुरुङको शनिबार निधन भएको हो ।
आज दिउसो करिब २ बजे उनको निधन भएको हो । उनको असामयिक निधनप्रति कलेज परिवारले दुःख व्यक्त गरेको छ ।

‘उहाँको देहावसानले शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पु¥यएको छ । हामी उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं,’ कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।




Comments are closed.