निःशुल्क मधुमेह परीक्षण

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउन र युनियन टाउनको सयुक्त आयोजनामा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काहुखोला र आसपासका स्थानिय बासिन्दाको मुधमेह परिक्षण गरिएको बाराही टाउनका अध्यक्ष आरती अधिकारीले जानकारी दिइन् । कार्यक्रममा विनायक मेडिको फर्मा पोखराको प्राविधिक सहयोग रहेको थियो भने फिस्टेल अस्पतालमा कार्यरत रेडियोलोजिष्ट राजन शर्माले पनि सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिष्ट्रिक्ट चियरपर्सन रोजी श्रेष्ठले क्लबले धेरै राम्रो काम गरेको बताइन् ।

footwear zone

सो कार्यक्रममा करिव १ सय जनाको निःशुल्क मधुमेह परीक्षण गरिएको बाराही टाउनका सचिव लक्ष्मी ठकुरी न्यौपाने तथा कार्यक्रम संयोजकलक्ष्मी ठकुरी न्यौपाने जानकारी दिईन् ।

You might also like

Comments are closed.