सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्रीका सञ्चालक गौतमलाई सम्मान

कास्की ।

कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम सम्मानित भएका छन् । नवौँ राष्ट्रिय कर सप्ताह समापनको अवसरमा आइतबार आन्तरिक राजश्व कार्यालय पोखराले गौतमलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले उत्कृष्ट करदाता गौतमलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

footwear zone

जिल्लामा सबैभन्दा बढी आयकर तिरेर सम्मानित हुन पाउँदा निकै हर्षित महसुस भएको होटलका सञ्चालक गौतमले आर्थिक आवाजलाई बताए । ‘इमान्दर भएर कर तिर्नुपर्छ भन्नेमा हामी सधैं सचेत छौं,’ उनले भने ।

You might also like

Comments are closed.