गरिबीले छेक्यो पढ्ने रहर

सन्तोष अधिकारी/नारायणपुर । “बिरामी भएर बा मरें, आमाले अर्को  बिहे  गरेर गइन्, मलाई गाउँलेले  हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आएका बेसाहारा करण बादीले  आफ्ना पीडा यसरी विसाए । बेसाहारा भएकै कारण बस्तीमा मागेर गुजारा चलाउँदै आइरहेका कारण धेरै पढेर ठूलो मान्छे बन्ने इच्छा भने मरेको छैन । कहिले नजिकैमा रहेको इँटाभट्टामा कामका लागि जाने गरेका कारण कहिले भने बजारमा माग्न जाने गरेको बताउछिन्। सानै उमेरमा बाबुआमा गुमाइन् । अहिले १२ वर्षको भए तर अहिलेसम्म विद्यालय गएक छैनन्।

कक्षा ४ मा पढ्दा १४ वर्षीय अर्जुन बादीको बुबा बिरामी भएपछि उनको पढाइमा पूर्णबिराम लाग्यो । घरको जेठो छोरो बा बिरामी भएपछि कापी, कलम किन्ने  पैसा पनि उनिसँग भएन । काम गर्न नगए चुलो नबल्ने भएपछि पढ्ने इच्छालाई मारेर इँटाभट्टामा काम गर्न गएको उनले सुनाए। “हाम्रो बस्तीमा धेरै पढेको  पनि मै हुुँ, पढ्ने रहर हुँदाहुँदै पनि घरव्यवहार चलाउने समस्याले पढाइ छोड्नुप¥र्यो”, अर्जुनले भने। धेरै पढेर जागिर खाने  रहर र सपना भए पनि घरको  आर्थिक अवस्थाका कारण विद्यालय छोडेर भट्टामा पुुग्नुुपरेको  उनले बताए  । “अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ”, अर्जुनले भने।

करण र अर्जुन मात्रै होइन बादी बस्तीका अधिकांश बालबालिका विद्यालय जानबाट बञ्चित छन । उनीहरु सबैको  समस्या गरिबी नै हो  । यो बस्तीमा रहेका धेरैजसो बालबालिका विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका छन् । कोही बाबुुआमा नभएर पढ्न पाएका छैनन् भने  बाबुुआमा भएका कतिपय बालबालिका पनि विद्यालय जान सकेका छैनन् ।

footwear zone

उक्त बस्तीमा २५ घरपरिवार बादी र १५ घरपरिवार दलित जातिको  बसोबास छ । उनीहरुको दैनिक गुुजारा छेउमा रहेको इँटाभट्टा र बजारमा पाइने ज्यामी कामले  टरेको  छ । घरको  नाजुक अवस्थाका कारण बादी र विक परिवारका बालबालिका विद्यालय छोडेर मजदूरीका लागि दौडिरहेका छन् । विद्यालय जाने  उमेरका २५ बालबालिका बजारमा श्रम बेचेर घर चलाउन बाध्य छन् । आधारभूत शिक्षा मौलिक अधिकार भए पनि बादी बस्तीका बालबालिकाले  अधिकार उपयोग गर्न पाएका छैनन् ।

गरिबीको रेखामुनि रहेका उनीहरुलाई गासबासकै समस्या छ । छोराछोरी पढाउने रहर हुँदाहुँदै पनि गरिबीका कारण विद्यालय पठाउन नसकिएको डल्ली बादी बताउछिन् । “जग्गा जमिन छैन, एकदिन काम नगरे  चुलो  बल्दैन, छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर भएर मात्रै के गर्नु”, डल्लीले भनिन् । गरिबी र अभावमा बाँचिरहेको  बस्तीका सबै बासिन्दाको पीडा एउटै भएकाले बालबालिका विद्यालय नगएको उनको भनाइ छ ।

विद्यालयमा भर्ना हुने दलित बालबालिकालाई सरकारले छात्रवृत्ति दिइरहेको घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । साँझ बिहानको छाक बसेका र बासको व्यवस्था नभएका कारण बालबालिका विद्यालय नजाने गरेको शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले बताए । “विद्यालय भर्ना हुने हो भने कापी कलमका लागि उनीहरुले छात्रवृत्ति पाउछन् समस्या छैन”, गौतमले भने ।

You might also like

Comments are closed.