काठमाडौं । मनकामना केबुलकारले सेवा शुरु गरेको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । मनकामना केबुलबारबाट हालसम्म करिव १ करोड ५० लाख जनालाई सेवा प्रदान गरेको निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । प्रा.लि.ले वार्षिक करिव १० लाख जनालाई सेवा प्रदान गरेको छ ।
संस्थाले अनलाइन तथा फोनबाट पनि टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दे स्वास्थ्य मापदण्ड पुरागरी छिट्टै नै पुन सेवा सुचारु गर्ने श्रेष्ठले बताए ।

संस्थाले शुरुबातदेखि हालसम्म सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।




Comments are closed.