काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले २०७६ सालमा स्थापना भएको एक्स्पर्ट मेशन क्लब अन्तर्गत रही कार्य गर्ने २ सय जना निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ । विभिन्न क्षेत्रका निर्माणकर्मीहरुलाई ३२ इन्चको टिभि, मोबाइल, भाइब्रेटर, भ्याकुम क्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.का सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए ।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि बिगत वर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागि कार्य गर्दछ ।
वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ । यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ । विभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरुलाई ‘एक्सपर्ट मेशन क्लब’मा आवद्ध गरेर उनीहरुको निःशुल्क रुपमा रु. पाँच लाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्ने क्रममा मेशन क्लबसँग जोडिएको प्रालिले जनाएको छ ।
कार्यक्रमलाई अझैं फलदायी बनाउन कम्पनीले ‘एक्सपर्ट मेशन क्लब’ मा आवद्ध निर्माणकर्मीलाई उपहार सहित पासबुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने जनाएकोे छ ।
कम्पनीले शुरुवात गरको एक्सपर्ट मेसन क्लब योजनाको औपचारिक रुपमा नेपालका विभिन्न स्थानहरुः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो ।
अहिले सम्म कम्पनीले २ हजार ५ सय बढी निर्माणक्रमीलाई एक्सपर्ट मेशन क्लबमा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणकर्मीलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटनाबाट उनीहरुको सुरक्षित महसुस गराउने कम्पनीको उद्देश्य छ ।




Comments are closed.