काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयामा कारोबार भएको छ ।
सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार १ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएकोमा मंगलबार प्रतितोला ३० रुपैयाँले ओरालो लागेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको छ ।




Comments are closed.