‘गरिमा रेमिट’र ‘लुम्बिनी रेमिट’ सञ्चालन सम्बन्धमा गरिमा बैंक र लुम्बिनी विकास बैंक बीच सम्झौता

 

पोखरा, ३० जेठ ।

गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड बीच एक आपसमा ‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । जेष्ठ ३० गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

footwear zone

सम्झौता पश्चात लुम्बिनी विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

You might also like

Comments are closed.