जिल्ला उत्कृष्ट विद्यार्थीद्वारा विद्यालयमा अक्षय कोष

खोटाङ । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका पूर्वविद्यार्थीले आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका छन् । विसं २०६८ मा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरेका प्रमोद राईले आफ्नो बुवा कर्ण राई र आमा सरस्वती राईको नाममा १ लाख ५१ हजार रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेका हुन् ।

हाल अमेरिकामा कम्प्युटर इञ्जीनियरिङमा ग्रेजुएसन गरिरहेका प्रमोदले गरिब तथा जेहेन्दार विद्यार्थीको चौतर्फी विकासका लागि आफूले मावि तह अध्ययन गरेको विद्यालयमा आमाबुवाको नाममा ‘कर्ण–सरस्वती दुङभहँछा अक्षयकोष’ स्थापना गरेको वडाध्यक्ष ललितकुमार राईले जानकारी दिए। अक्षयकोषको वार्षिकरूपमा आउने ब्याजबाट बाम्राङभरिका मावि तथा आधारभूत विद्यालयले वार्षिकरूपमा सञ्चालन गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

प्रमोदले सावित्रा माविमा दुई कार्यकाल प्रअको भूमिका निर्वाह गरेपछि राजीनामा दिएर गाउँको शैक्षिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याउँदै आएका बुवा कर्ण र आमाको नाममा अक्षयकोष स्थापना गरेको वडाध्यक्ष राईले बताए । अक्षयकोष सञ्चालनका लागि स्थानीय युगसन किराँतको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।

footwear zone

विद्यालयमा स्थापना गरिएको अक्षयकोषको राशि बर्सेनि बढाउँदै लैजाने सञ्चालक समितिका अध्यक्ष राईले बताए । “प्रमोदले पनि पछि थप गर्दै जाने वचन दिएका छन् ”, उनले भने , “यो असल कार्य शुरुआतका लागि कान्छा भाइलाई हार्दिक आभारसहित धन्यवाद दिएका छन् ।

You might also like

Comments are closed.