गाँउमा बल्यो बिजुली, हट्यो टुकी र ‘झरो’ बाल्नुपर्ने बाध्यता

डडेल्धुरा । अमरगढी–३ चिरकिट्टे गाउँमा पोल पु¥याएको चार वर्षपछि बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो ।

गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका बस्ती बिजुली बलेसँगै झिलिमिली बनेका छन् । साँझ पर्नासाथ वरपरका गाउँ झिलिमिली भए पनि यहाँका स्थानीय सौर्य, टुकी र ‘झरो’ (सल्लाको दाउरा) बालेर रात बिताउन बाध्य थिए । गाउँमा बिजुली बलेपछि अन्य गाउँबस्तीजस्तै यहाँका गाउँ पनि झिलिमिली भएका छन् ।

गाउँमा विद्युत् पुगेसँगै विद्यालय पढ्ने बालबालिकालाई रातिमा किताब पढ्न सहज हुने स्थानीय खगेश्वरी पनेरुले बताईन् । “सौर्य उर्जाबाट पढ्थे, कहिले त घाम नलागेर पढ्न नपाउने समस्या हुन्थ्यो । ‘झरो’ बालेर पढ्दा समयसमयमा नबल्दा समस्या हुन्थ्यो”, उनले भनिन्, “बिजुली पुगेपछि अब समस्या टर्यो, बल्ल स्थानीय सरकारको अनुभूति भयो ।”

footwear zone

गाउँमा बिजुली बाल्न धेरै सङ्घर्ष गरेको अमरगढी–३ सतकाटाका भीमबहादुर पाण्डेयले बताए । बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युत्का पोल बोकेर गाउँमा पु¥याएको पाण्डेको भनाइ छ । ठेकेदार र विद्युत् कार्यालयको लापर्बाही तथा स्थानीयले चासो नदिँदा बिजुली नपुगेको भए पनि अहिले स्थानीयको चासो र विद्युत् कार्यालयको अग्रसरतामा बिजुली पु¥याउन सफल भएको अमरगढी–३ का वडाध्यक्ष गोविन्द बोहराले बताए ।

You might also like

Comments are closed.